कोरोना संक्रमणबाट विश्वमा १० लाख ४१ हजार भन्दा बढीको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ५३ लाख ९३ हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार बढी संक्रमित थपिएका छन् भने ४ हजार बढीको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ७८० पुगेको छ ।

हालसम्म २ करोड ६६ लाख १९ हजार ८ सय ९२ कोरोनामुक्त भएका छन् । संक्रमितमध्ये ७७ लाख ३२ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६६ हजार ५ सय बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३६ हजार ९ सय १२ पुगेको छ । कोरोनाका कारण २ लाख १४ हजार ६१ जनाको मृत्यु भएको छ भने ४८ लाख ४९ हजार भन्दाबढी मानिस निको भएका छन् ।

यस्तै, भारतमा एकैदिन ७४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख २ हजार ७१४ पुगेको छ भने ५५ लाख ८३ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा ४९ लाख १५ हजार २ सय ८९ मानिस संक्रमित भएका छन् भने १ लाख ४६ हजार ३ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४२ लाख ६३ हजार २ सय भन्दाबढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *