जोर्डनका नरेशद्वारा प्रधानमन्त्री रज्जाजको राजीनामा स्वीकृत

जोर्डनका राजा अब्दुल्ला द्वितीयले प्रधानमन्त्री ओमर रज्जाजको राजीनामा स्वीकृत गरेका छन् । यद्यपि नयाँ मन्त्रिपरिषद गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा सेवा गर्ने जिम्मेवारी भने उनले रज्जाजलाई नै दिएका छन् ।

जोर्डनी राजाले प्रधानमन्त्री रज्जाजलाई एउटा पत्रमार्फत् राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन् । विशेष गरी राज्यका संस्थाहरूमा एकीकृत प्रयासको माध्यमबाट कोभिड–१९ महामारी नियन्त्रणका उपाय अवलम्वन योजना र कार्यक्रमका लागि राजा अब्दुल्लाले सरकारको प्रशंसा गर्नु भएको ‘रोयल हासेमाइट कोर्ट’ ले जारी गरेको विज्ञप्ति जनाएको छ ।

“योजना र कार्यक्रम तय गर्ने र प्राथमिकताहरू कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रयासका बाबजुद कोभिड–१९ नियन्त्रणका क्रममा देखिएका कमजोरीलाई दिनप्रतिदिन सुधार गर्नु आजको आवश्यकता हुनेछ,” पत्रमा भनिएको छ ।

राजीनामा पत्रमा प्रधानमन्त्री रज्जाजले आफ्नोे सरकार कठिन समयमा पनि जनता र राष्ट्रको हितमा कामगर्न सफल भएको तर काम गर्ने शिलशिलामा गल्ती पनि भएका भए यसको जिम्मेवारी लिँदै पदबाट हट्ने बताएका थिए । रज्जाजले कोभिड–१९ले उनको मन्त्रिपरिषद्को २०२० प्राथमिकतामा असर पारेको तर यो सवै जनस्वास्थ्यको रक्षा जनताको हितमा भएको राजिनामा पत्रमा उल्लेख गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *