केही न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए ।

उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र अएका छन् ।

न्यायाधीश डा. शर्माको एकल इजलास मात्र सञ्चालनमा छ । सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिए ।

सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित भएका र सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहेका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *