विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ३७ हजार नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ३७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ९१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ३७ हजार ५ सय २४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख २२ हजार २ सय ९० पुगेको छ । संक्रमितमध्ये २ करोड ६१ लाख १७ हजार २ सय भन्दाबढी निको भएका छन् भने अहिले विश्वमा ७९ लाख ६७ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७६ लाख नाघेको छ । यस्तै, २ लाख १४ हजार २ सय बढीको मृत्यु भएको छ भने ४८ लाख १८ हजार ५ सय भन्दाबढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ६५ लाख ४७ हजार ४ सय १३ जना संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १ हजार ८ सय १२ पुगेको छ । संक्रमितमध्ये ५५ लाख ६ हजार ७ सय भन्दा धेरै निको भएका छन् ।

ब्राजिलमा ४९ लाख ६ हजार ८ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ४६ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४२ लाख ४८ हजार भन्दाबढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *