प्रधानमन्त्री ओलीद्वारा ट्रम्प दम्पतीको स्वास्थ्य लाभको कामना

  • 2
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् । शनिबार ट्वीटरमार्फत् प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । राष्ट्रपति ट्रम्पलाई मेन्सन गरिएको ट्वीटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको स्वास्थ्य लाभको कामना गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भई सैनिक अस्पताल अस्पताल भर्ना भएका छन् । शुक्रबार गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उनी ह्वाइट हाउसमै आइसोलेसनमा बसेपनि ज्वरो नघटेपछि सैनिक अस्पताल भर्ना गरिएको हो ।

ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । अस्पताल भर्ना हुनुअघि एक भिडियो सन्देश दिँदै ट्रम्पले आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरेका छन् ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *