कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याकाण्डको मुद्दामा पुनः सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ ।

न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको पूर्ण इजलासले बिहीबार उक्त मुद्दामा पुनरवलोकन गर्न अनुमति दिएपछि फेरि सुनुवाइ हुने भएको हो । यसअघि अदालतले व्यापारी श्रेष्ठको हत्यामा आरोपित बटालालाई सफाइ दिएपछि महान्यायाधिवक्ताको कार्यालयले गत भदौ २६ गते पुनरावेदन निवेदन दिएको थियो ।

सोही निवेदनमा अदालतले पुनरावेदनको अनुमति दिएको हो । न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको इजलाशले हत्यामा बटालाको प्रत्यक्ष संलग्न भएको आधार र कारण नदेखिएको उल्लेख गर्दै २०७६ फागुन १८ गते उनलाई सफाइ दिने आदेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *