म्यान्चेस्टर युनाइटेड लिग कपको अर्को चरणमा

  • 2
    Shares

प्रज्जवल थापा ।

इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड लिग कपको अर्को चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा युनाइटेडले ब्रिगटनलाई ३-० गोल अन्तरले हराएको हो । अमेरिकन एक्सप्रेस कम्युनिटी रंगशालामा भएको खेलमा युनाइटेडको जितमा स्कट म्याकटोमिने, जुआन माटा र पल पोग्वाले गोल गरे ।

खेलभरी हावी रहेको युनाइटेड पहिलो गोलको लागि पहिलो हाफको अन्त्यसम्म कुर्नुपर्यो । ४४ मिनेटमा स्कट म्याकटोमिनेले जुआन माटाको पासमा गोल गर्दै पाहुना टोलिलाई खेलमा अगाडी बढाएका थिए । ७३ औ मिनेटमा जुआन माटा आफैंले भान डे भिकको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाएका थिए ।

यस्तै ७० औं मिनेटमा पल पोग्वाले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे। यस्तै अर्को खेलमा युनाइटेडको प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटस्ले बर्नेलीलाई ३- ० गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा रहिम स्ट्रलिङले २ र फेरान टोरेसले एक गोल गरे ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *