२२ दिनको बजार अनुगमनमा २६ वटा पसललाई जरिवाना, १२ लाख ८७ हजार राजश्व संकलन

  • 7
    Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले २२ दिनमा तरकारी र फलफूल तथा खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा २६ वटा पसललाई आर्थिक जरिवाना गराइएको महानगरले जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरले अत्याधिक मूल्य बढेको गुनासो आउन थालेपछि उपप्रमुख हरिप्रभा खड्कीको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समितिले नियमित अनुगमन गरेको जनाएको हो ।

अनुगमनका क्रममा २६ वटा पसललाई जरिवाना तिराइएको र जरिवानाबाट १२ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरकी उपप्रमुख खड्कीले जानकारी दिइन् । त्यस्तै प्याजको कृत्रिम अभाव सृजना गरेर बिक्री भइरहेका प्याज बरामद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बिक्री गरिएको उनले बताए ।

उनले पर्याप्त ऐन कानूनको अभावमा सोचजस्तो अनुगमनको काम गर्न नसकिएको गुनासो पनि गरिन् ।
मूल्य र गुणस्तरमा उपभोक्तलाई ठगिनबाट बचाउनका लागि निरन्तर अनुगमन गरिने महानगरले जनाएको छ ।

नेपालको संविधानको अनुसुची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन २९७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले तरकारी फलफूल र माछामासुको अनुगमन गरिरहेको महानगरकी उपप्रमुख खड्कीले जानकारी दिइन् ।


  • 7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *