मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल फेला

  • 4
    Shares

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन् । वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन् । जीवनका लागि तरल पानी महत्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ ।

तर ती तालहरू अत्यधिक नुनिनो भएको अनुमान गरिएकाले कुनै सूक्ष्मजीवलाई जीवित रहन कठिन हुन्छ । अर्बौँ वर्षअघि मङ्गल ग्रहको सतहमा नदीमार्फत् पानी बग्थ्यो र त्यहाँ तालहरू बनेका थिए । त्यसपछि मङ्गल ग्रहले आफ्नो तात्कालिक पर्यावरण गुमाएकाले लामो समयसम्म त्यहाँको सतहमा पानी तरल अवस्थामा रहन सक्दैन ।

भूमिगत पानीका लागि भने त्यस्तो अवस्था हुँदैन । इटलीको नेशनल इन्स्टिट्यू अफ एस्ट्रोफिजिक्स बोलोग्नाका डा. रोबेर्टो ओरोसीले पानीका यी प्रणालीहरू विगतमा थिए भन्ने अधिक सम्भावना देखिएको बताए । उनका अनुसार मङ्गल ग्रह जवलायु विनाशबाट गुज्रिँदै गर्दा अधिक तातो ग्रह बन्दै गएको थियो ।

तर त्यो कति तातो बनेको थियो भन्ने कुरा स्पष्ट छैन । युरोपियन स्पेस एजन्सी (ईएसए) को मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर यो कुरा पत्ता लगाइएको हो । उक्त यानले सन् २००३ देखि मङ्गल ग्रहको परिक्रमा गरिरहेको छ । सन् २०१८ मा अध्येताहरूले रेडारले पठाएका विवरणहरू प्रयोग गरेर मङ्गल ग्रहको दक्षिणी ध्रुवका सतहको डेढ किलोमिटरमुनि २० किलोमिटर फराकिला भूमिगत तालहरू रहेको सङ्केत गरेका थिए ।

तर त्यो सङ्केत सन् २०१२ देखि २०१५ सम्म मार्सिसले भेला पारेका गरिएका २९ वटा सूचनामा आधारित थियो । अहिले पनि उक्त टोलीमै सहभागी वैज्ञानिकहरूले सन् २०१० देखि २०१९ सम्मका १३४ वटा रेडार प्रोफाइलको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् ।

इटलीको रोमा ट्रे यूनिभर्सिटीकी वैज्ञानिक एलेन पेट्टिनेलीसन् २०१८ को अध्ययनले देखाएका सम्भावनाहरूको अवस्था, सीमा र बललाई मात्र पुष्टि नगरी थप तीनवटा उज्ज्वल क्षेत्र पनि भेटिएको जानकारी दिइन् ।

उनले भनिन्,‘मुख्य ताल पानीको दहबाट घेरिएको छ, तर रेडारको प्राविधिक विशेषता र मङ्गलको सतहबाट योसम्मको दूरीका कारण हामी यो तिनीहरू आपसमा जोडिएका छन् किन छैनन् भन्ने तय गर्न सक्दैनौँ।’ उक्त समूहले एन्टार्कटिका, क्यानडा र ग्रीनल्यान्डका हिमतालको अनुसन्धानमा प्रयोग गरिने रेडार साउन्डर प्रविधिका आधारमा मार्सिसले पठाएका विवरणहरूको विश्लेषण गरेको हो ।

जुन गहिराइमा तालहरू रहेका छन् त्यहाँ हिउँ पगाल्न सक्ने तापक्रम छैन । त्यसैले त्यहाँ तरल पानी देखिनुमा त्यसमा नुनको उच्च मात्रा हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ।

त्यस्ता नुनले पानीलाई सजिलै जम्न दिँदैन । पछिल्ला अध्ययनहरूले म्याग्नेसीअम र क्याल्सीअम पर्कलोरेट नुनयुक्त पानी १२३ डिग्री सेल्सीअससम्म तरल अवस्थामा रहन सक्ने देखाएका छन् ।

पृथ्वीमा धेरै नुनको मात्रा भएका तालमा नुनको मात्रा ४० प्रतिशतसम्म छ। तर मङ्गलमा कति मात्रामा छ भन्ने ठिक जानकारी छैन । यो एउटा कठिन प्रश्नका रूपमा रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको भनाइ छ ।

अध्ययनहरूले के देखाएका छन् भने पृथ्वीमा बढी तापक्रम भएको अवस्थामा नुनको मात्रा बढी भएको स्थलमा पनि सूक्ष्मजीवहरूले सहन सक्छन् । तर तापक्रम कम भएको स्थानमा तिनले नुनको कम मात्रा मात्रै सहन सक्छन् ।

तर जब धेरै जाडो र धेरै नुन भएको अवस्थामा उनीहरू जीवित रहने सम्भावना सीमित हुन्छ । मङ्गलमा भेटिएका जस्ता तालमा सूक्ष्मजीवहरू बाँच्न सक्छन् कि सक्दैनन् भन्ने एउटा अध्ययन भइरहेको छ ।

सन् २०१८ को मङ्गल ग्रहसम्बन्धी उक्त शोधको कतिपयले आलोचना पनि गरेका थिए । उनीहरूले त्यहाँ ताल हुने कुरा असाधारण अवस्था भएको बताउँदै जमिनमुनि ज्वालामुखी भएमा मात्र त्यो हुनसक्ने दाबी गरेका थिए । उक्त शोध अहिले नेचर एस्ट्रनमी जर्नलमा प्रकाशित भएको छ ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *