बेलायतले इराकबाट लुटिएको चार हजार वर्ष पुरानो मूर्ति फिर्ता गर्ने

  • 6
    Shares

बेलायतले चार हजार वर्ष पुरानो इराकी एक शिल्पकलालाई फिर्ता गर्ने भएको छ । अनुसन्धानबाट उक्त शिल्पकला लुटिएको प्रमाणित भएपछि बेलायती संग्रहालयले सोमबार कलायुक्त वस्तु (मूर्ति)लाई फिर्ता गर्न तयार भएको हो ।

गत वर्ष मेमा अनलाइन बिक्री केन्द्रले बिक्रीको लागि कलाको प्रस्ताव गरेपछि केही प्रमाणसहित उक्त कला इराकबाट लुटिएको दावी गरिएको थियो । यसै आधारमा विशेषज्ञ लन्डन प्रहरी इकाईले संग्रहालयका विज्ञलाई बोलाई अनुसन्धान सुरु गरेका थिए । अनलाइनमा यसलाई ‘वेस्टर्न एशियाटिक अक्काडियन ट्याब्लेट’ भनेर वर्णन गरेको भएपनि विज्ञहरूले चुन ढुङ्गाको उक्त कला पुरानो सुमेरियाली मन्दिरको भएको र ईसापूर्व २४०० तिर बनाइएको बताएका छन् ।

सङ्ग्रहालयका अनुसार उक्त शिल्पकला १९औं शताब्दीको अन्त्य र २० औं शताब्दीको उत्तरार्धमा मन्दिरबाट लुटिएको थियो र पछि यो खाडी युद्धको पुन चोरी भएको र सन् २००३ को इराक युद्धको क्रममा पनि लुटिएको थियो । सङ्ग्रहालयले भनेको छ, “अनुसन्धानले यो महत्वपूर्ण शिल्पकलालाई इराकबाट गैरकानुनी रूपमा बेलायत ल्याइपुर्याइएको बेलायती अधिकारीले पत्ता लगाएका छन् । छिट्टै फिर्ता हुन्छ ।”

यस्ता मुर्तिहरू निकै विरलै पाइने प्राचिन कला हुन् र विश्वमा यस प्रकारका करिब ५० मूर्तिहरू अस्थित्वमा रहेको पत्ता लागेको बेलायती अधिकारीले बताएका छन् ।


  • 6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *