बाँकेमा दुई र मोरङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बांके । कोरोना स‌ंक्रमणका कारण यहां दुई जनाको निधन भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ७, रानीतलाउका ३९ वर्षीय पुरुष र कोहलपुर–१० का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालगञ्जका ३९ वर्षीय पुरुष नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी हुन । उनलाई उच्च रक्तचापको समस्या थियो । स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते अस्पतालमा भर्ना भएका थिए ।

कोहलपुरका ५३ वर्षीयको आज विहान ४ः१५ बजे मृत्यु भएको हो । । मधुमेहका समस्या रहेका उनी असोज ४ गते अस्पताल पुगेका थिए ।

त्यसैगरी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । सोमबार पनि धरान–२ की एक ३८ वर्षीया महिलाको प्रतिष्ठानमा कोरोनाले मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *