विश्वका तीन करोड ३५ लाख ४९ हजार भन्दाबढी मानिसलाई कोरोना संक्रमण

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ४८ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ४८ लाख ७८ हजार १ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् ।

चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ३५ लाख ४९ हजार ८ सय भन्दाबढी संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ६ हजार ३ सय ७९ पुगेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ७६ लाख ६५ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ३ सय बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७३ लाख ६१ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।

संक्रमितमध्ये ४६ लाख ९ हजार ६ सय भन्दाबढी निको भएका छन् भने २ लाख ९ हजार ८ सय बढीको ज्यान गएको छ । यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ६१ लाख ४३ हजार १९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५० लाख ९८ हजार ५७३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४८ हजार ९५ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९६ हजार ३५१ रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४७ लाख ४८ हजार ३२७ पुगेको छ भने १ लाख ४२ हजार १६१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४० लाख ८४ हजार भन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *