कर्णालीमा २२ फरार अभियुक्त पक्राउ

  • 2
    Shares

सुर्खेत । कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत् २२ जना फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रहरीले आइतबार १६ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए ।

पक्राउ परेकाहरु मध्ये जिप्रकामा वन मुद्दाका दुई, जिप्रका दैलेखमा गाली बेईज्जतीका आठ, मुगुमा धनमाल मुद्दाका एक र जिप्रका कालीकोटमा कर्तव्य ज्यानका तीन र जुवाको एक फरार प्रतिवादी रहेको उनले बताए ।

प्रदेश प्रहरी कार्यालयअन्र्तगत यही असोज १० मा प्रहरीले छ फरार अभियुक्तलाई पक्राउ गरेको थियो । ती मध्ये जिप्रका कालीकोटबाट करणीका एक र गाली बेइज्जतीका दुई, जिप्रका जाजरकोटबाट हुलाक ऐन सम्बन्धी र जबरजस्ती करणी उद्योगअन्तर्गत एक÷एक रहेका छन् । अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै प्रतिवादीहरुलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *