कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु


चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो । केही समयदेखि मृगौला फेल भइ डाइलायसिस गरिरहेको उनमा असोज ४ गते कोभिड पुष्टि भएको थियो ।

उनको आइसियूमा राखेर भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । तर उपचारका क्रममा सोमबार दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *