मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

  • 3
    Shares

मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए ।

मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती बन्दुकधारीहरुले गोली हानेर ती व्यक्तिहरुको हत्या गरेका सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले रेष्टुरेन्ट भित्र छिरेर गरेको अन्धाधुन्ध गोली प्रहारमा परेर त्यहाँ रहेका पाहुना र कर्मचारीको ज्यान गएको बताइएको छ ।

त्यस हिंसामा परेर सात जना पुरुष र चार जना महिला मारिएका छन् । अरु केही कर्मचारीहरु घाइते पनि भएका जनाइएको छ ।ग्वान्जु शहरमा खासगरी कृषि पेसामा कार्यरत व्यक्तिहरुको बसोबास रहेको छ । सो शहरमा विगत लामो समयदेखि हिंसा हुदै आएको छ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *