शुक्लागण्डकीमा मनाइयो संविधान दिवस

प्रज्जवल थापा

तनहूँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा संविधान दिवस मनाइएको छ । आज बेलुकी स्थानीयबासी र विभिन्न संघसंस्थाले साना समूह बनाएर संविधान तथा राष्ट्रिय दिवस मनाएका हुन् ।

नगरपालिकाको दुलेगौंडा बजारस्थित वीपी चोकमा नेपालको नक्सा बनाइएको थियो । संविधान जारी भएको ५ वर्ष पूरा भएको अवसरमा लियो क्लब अफ दुलेगौंडा खैरेनीटारको अग्रसरतामा नेपालको नक्सा बनाइ दीप प्रज्जवल गरेर संविधान दिवस मनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *