कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौँ । कोरोना भाइरसको संक्रमण देखिएपछि होम आइसोलेसनमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

कोइरालालाई ज्वरो बढेपछि ओम अस्पताल चाबहिलमा भर्ना गरिएको हो । उनकाे ज्वराे नियन्त्रणमा आए पनि निमाेनियाकाे संकेत देखिएकाे चिकित्सकहरूले बताएका छन् ।

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले अस्पताल भर्नाको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । “राति अचानक ज्वरो आएपछि उहाँलाई अस्पताल ल्याएका हौं । स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “केही बेरपछि अस्पतालले हेल्थ बुलेटिन जारी गरेर विस्तृत जानकारी दिन्छ ।”

नेता कोइरालालाई ८ दिनअघि भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *