USAID

विवादास्पद ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा


काठमाडौं । स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको विवादास्पद ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना प्रकाशित गरी ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
ओम्नीसँगको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सर्वत्र विरोध भएपछि सरकारले जीटूजीमार्फत औषधि खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *