प्रदेश नम्वर दुईमा १८ कोरोना संक्रमित थपिए

वीरगञ्ज । दुई नम्वर प्रदेशको पर्सा र बाराका थप १८ जनामा कोरोना संmत्रमित थपिएका छन ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा पर्सा र बाराका १८ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । पर्साका ८ र बाराका १० जनामा संक्रमण पुष्टि भएको हो ।

पर्साको वीरगञ्ज महानगरपालिकामा पाँच, परवानीपुरमा एक, बडेर्वामा एक र पटेर्वा सुगौली गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

बाराको जितपुर सिमरा उप महानगरपालिकामा ६, सिम्रौनगढ नगरपालिकामा ३ र सुवर्ण गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *