प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

-प्रज्ज्वल थापा

तनहूँ । इङलिस प्रिमियर लिगको सिजनको पहिलो खेलमा आर्सनल विजयी भएको छ । आज भएको खेलमा फुल्हामलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले विजयी सुरुवात गरेको हो ।

सुरुवातबाटै आक्रमक देखिएको आर्सनलले ८औँ मिनेटमा लाकाजाटेको गोलमा अग्रता लिएको थियो । खेलमा राम्रो पकड जमाएको आर्सनलले ४९ औँ मिनेटमा अग्रता दोब्बर बनायो । आर्सनलको लागि डेब्यु खेल खेलेका विलियमको क्रनर बललाई गाब्रियलले हेडिङ गर्दै पोस्टको दिशा दिएका थिए । यस्तै ५७ औँ मिनेटमा विलियमकै पासमा अमिबियाङले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे ।

आर्सनलको जर्सिमा पहिलो खेल खेलेका ब्राजिलियन खेलाडी विलियमको लागि यस खेल सम्झना लायक रह्यो । उनी यसै सिजन चेल्सीबाट अनुबन्धित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *