USAID

रुखको हाँगा काट्दा करेन्ट लागेर दुई सैनिकको मृत्यु


चितवन । रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिकको मृत्यु भएको छ ।

कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र जवान साजन कुमालको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

सुवेदार श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने जवान कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुवै जना सैनिक गाेरखाका हुन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *