कोरोनाका १४५४ संक्रमित थपिए, ९७२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ हजार ४ सय ५४ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १० हजार ७ सय १ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४ सय ५४ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ९ सय ७२ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।

यस्तै देशभर हाल १४ हजार ९ सय २५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३ सय २२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *