काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ हजार २ सय ४६ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय ४६ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा १ हजार ८ सय १८ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ ।
यस्तै देशभर हाल १४ हजार ४ सय ४८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३ सय १७ पुगेको छ ।
