- 48Shares
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ९ सय २ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १० हजार ६ सय ११ पिसिआर परिक्षण गर्दा ९ सय २ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।
यस्तै २४ घण्टामा २ हजार २ सय ८७ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ ।
यस्तै देशभर १४ हजार ८ सय ६८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ६ जना संक्रमितको निधन भएको छ । यो सँगै मृत्यु हुने संक्रमितको संख्या ३ सय ६ पुगेको छ ।
- 48Shares