USAID

फरक-फरक सिमकर्डको सर्टकोड परिवर्तन, सबै सेवा प्रदायकलाई एउटै सर्ट कोड

  • 9
    Shares

काठमडौँ । फरक-फरक मोबाइल सेवा प्रदायकका प्रयोगकर्ताले अब एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि, २०७७’ अनुसार सबै सेवा प्रदायकलाई एउटै सर्ट कोड दिइएको छ । जस अनुसार अब ६ महिनाभित्रै सबै सेवा प्रदायकले रिचार्ज, ब्यालेन्स ट्रान्सफर र ब्यालेन्स चेकको ‘सर्ट कोड’ क्रमश: १२२, १३३ र १४४ राख्नुपर्नेछ । अहिले प्रयोगकर्तालाई बानी पार्न नयाँ र पुरानो दुबै कोड प्रयोगको अनुमति पनि कार्यविधिले दिएको छ ।

एक वर्षपछि अहिले प्रयोगमा रहेका सर्ट कोड निष्क्रिय हुनेछन् । र, हाल कार्यविधिले व्यवस्था गरेका कोडमात्रै प्रयोगमा आउनेछन् ।


  • 9
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *