नेकपाको अवरुद्ध स्थायी समिति बैठक भदौ २६ गते बस्ने


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको साउन १३ गतेदेखि स्थगित भएको बैठक भदौ २६ गते बस्ने भएको छ ।

बैठक बोलाउने विषयमा आज बिहान बालुवाटारमा बसेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच सहमति भएको हो ।

पार्टी अध्यक्षद्वयबीच बैठक बस्ने विषयमा भएको छलफलपछि अवरूद्व स्थायी समितिको बैठकले निकास पाउने भएको छ । स्थायी समिति बैठकमा कार्यदलले दिएको प्रतिवेदनको विषयमा छलफल हुने छ । अध्यक्षद्वयबीच बैठकमा महासचिव बिष्णु पौडेलको समेत उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *