स्वाथ्यमन्त्रीकै परिवारका सदस्यलाई कोरोना, मन्‍त्री होम क्वारेन्टिनमा

  • 75
    Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना पुष्टी भएको छ ।

उनको परिवारका एक सदस्यलाई तीन दिनअघि कोरोना पुष्टि भएको थियो ।

परिवारमै कोरोना पुष्टि भएपछि हाल स्वास्थ्यमन्त्री ढकाल निवासमै क्वारेन्टिनमा बसेका छन् । उनले क्वारेन्टिनबाटै मन्त्रायलकाे काम गरिरहेका छन् ।

मन्त्री ढकालकाे याे दाेस्राे क्वारेन्टिन बास हाे । यसअघि पनि सीसीएमसीका एक कर्मचारीलाई काेराेना पाेजेटिभ देखिएपछि उनीसहित उपप्रधान तथा रक्षामन्त्री इश्वर पाेख्रेल, गृहमन्त्री रामबहादुर थापा बादल क्वारेन्टिनमा बसेका थिए । पीसीआर रिपाेर्ट पाेजेटिभ आएपछि उनीहरू सबै काममा फर्किएका थिए ।


  • 75
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *