USAID

चिनियाँ जनमुक्ति सेनाद्वारा पाँच भारतीयको अपहरण

  • 271
    Shares

काठमाडौँ । चीन र भारतको विवादास्पद भूमि अरुणञ्चल प्रदेशबाट पाँच भारतीय नागरिकलाई चिनियाँ जनमुक्ति सेनाले अपहरण गरेर लगेको भारतीय सञ्चारमाध्यमहरुको जनाएको छ । अरुणाञ्चल प्रदेशका कांग्रेस विधायक निनान्ग एरिंगले पनि पाँच भारतीय नागरिकलाई अपहरण गरेको दाबी गरेका हुन् ।

अरुणाञ्चल प्रदेशको सुबनसिरी जिल्लाका पाँच जना शिकार खेल्न नजिकैको जंगल गएका बेला चिनियाँ सेनाले अपहरण गरेको लगेको अरूणाचल टाइन्सले जनाएको छ । सँगै गएका अन्य दुई जना अपहरणबाट उम्किन सफल भइ घटनाबारे गाउँलेलाई जानकारी दिएका थिए ।

चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा अहिले दुबै देशबीचमा तनाव जारी छ । गत जून १५ तारिखमा भएको हिंसात्मक झडपपछि चीन र भारतबीचमा तनाव उत्पन्न भएको हो । उक्त झडपमा २० भारतीय सेनाले ज्यान गुमाएका थिए । साथै पछिल्लो झडप २९ अगस्टको राति भएको थियो । उक्त झडपमा पनि एक भारतीय सेनाको ज्यान गएको बताइएको छ ।

चीन र भारतका रक्षामन्त्रीबीच हिजो राति मात्रै रुसमा वार्ता भएको थियो ।


  • 271
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *