भारत र चीनका रक्षामन्त्रीबीच रुसमा वार्ता

काठमाडौँ । भारत र चीनबीचको सीमा विवाद सुरु भएको चार महिनापछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ । रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राति वार्ता भएको हो । सो भेटवार्ता झण्डै ४ महिनायता पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा वरिपरि भएको दुई देशका सेनाबीचको तनाव हटाउनमा केन्द्रीत रहेको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मस्कोमा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री विई फिङबीच सीमा विवाद समस्या समाधानमा केन्द्रित रहेर छलफल भएको छ । सुरुमा चीनले वार्ताको प्रस्ताव राखिएको बताइए पनि वार्ताको वातावरण कसरी बन्यो भन्ने स्पष्ट भैसकेको छैन । दुबै देशका रक्षामन्त्री अहिले संघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन मस्को भ्रमणमा रहेका छन् ।

पछिल्ला दिन ३० र ३१ अगष्टमा लद्दाखमा २ देशका सेनाबीच थप तनाव चर्किएको थियो । त्यसयता २ देशका सैनिक कमाण्डरहरुबीच पनि लगातार वार्ता भैरहेको छ । शुक्रबार पनि दुई पक्षका सैनिक कमाण्डरहरुबीच ३ घण्टा वार्ता भएको थियो । केही महिनाअघि लद्दाखमै भएको दुई पक्षीय झडपमा परेर थुप्रै भारतीय सेना मारिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *