USAID

चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित

  • 5
    Shares

रावलपिण्डी । चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उहाँको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिए ।

उहाँका अनुसार पाकिस्तान र चीन दुवै देशका कुटनीतिक अधिकारीहरुले उनको भ्रमणको नयाँ मितिका बारेमा छलफल गरिरहेका छन् र भ्रमण तालिका चाडै नै सार्वजनिक गर्नेछन् । पाकिस्तानको गिजा महलमा भएको पत्रकार सम्मेलनमा उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निमन्त्रणामा चिनियाँ राष्ट्रपति चिनफिङ पाकिस्तान भ्रमणमा आउने तयारी भएको जानकारी दिए ।

चीनका र भारतका बीचमा सिमा विवाद भइरहेका बेला उनको भ्रमण तय भएको र दुई देशको विवाद कायमै रहेका बेला विवादमा मुछिएको एउटा देशका प्रमुख अर्को तेस्रो देशको भ्रमणमा जान लागेको विषयलाई चासोका साथ हेरिएको छ ।


  • 5
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *