विद्यालय खोल्ने अवस्था छैन : शिक्षामन्त्री पोखरेल

किमाथाङ्का । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षा पद्धतिमार्पम्त पढाइ सञ्चालन हुने जानकारी दिएका छन् । प्रविधिमैत्री शिक्षक समाज सङ्खुवासभाद्वरा आज आयोजित शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको भर्चुअल समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई वर्षका लागि वैकल्पिक शिक्षा पद्धतिको तयारीमा मन्त्रालय लागिरहेको बताए ।

शिक्षक गुणात्मक नभए शिक्षा गुणात्मक हुन नसक्ने मन्त्री पोख्रेलको भनाइ छ । उनले वैकल्पिक पद्धतिमा जान स्थानीय तहका पदाधिकारी, प्रदेशका सामाजिक विकासमन्त्री, शिक्षाविद् तथा प्रधानमन्त्रीसँगसमेत छलफल भएको जानकारी दिए ।

उनले विद्यालय खोल्न सकिने अवस्था नरहेको र शिक्षकलाई प्रविधिमैत्री बनाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । शिक्षामन्त्री पोखरेलले वैकल्पिक पद्धतिका लागि चार विधि यही भदौ २० अनुमोदन हुने जानकारी दिए । वैकल्पिक पढाइका लागि गत जेठमा निर्देशिका बनेको र असारमा लागु भएको बताइएको छ । वैकल्पिक पढाइका लागि पाठ्य पुस्तक , सहयोगी अध्ययन सामग्री दिने टेलिभिजन, केबल र अनलाइन, रेडियो तथा छापामार्फत पढाइ सञ्चालन भइरहेको छ । उनले भने, “शैक्षिकसत्र खेर जान नदिन पाठ्यक्रम विकास केन्द्रको सहयोगमा नयाँ ढङ्गले अघि बढ्ने तयारी भइरहेको छ । ” प्रविधिमैत्री सङ्खुवासभाका अध्यक्ष सन्तोष विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *