मन्त्री बसन्तकुमार नेम्बाङ होम क्वारेन्टाइनमा

  • 5
    Shares

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ होम क्वारेन्टाइनमा बसेको छन् । मन्त्रालयका एक उच्च अधिकारीमा कोरोना परीक्षण पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि मन्त्री नेम्बाङ होम क्वारेन्टाइनमा बसेको उनको सचिवालयले जनाएको छ । उनी आजको मन्त्रिपरिषद बैठकमा सहभागी भएनन् ।

आज शुक्रबार मन्त्री नेम्बाङसहित मन्त्रालयका अधिकारी, सचिवालयका सदस्य, सुरक्षाकर्मी तथा कर्मचारीको पीसीआर टेष्टका लागि स्वाब सङ्कलन गरिएको मन्त्रीका सञ्चार विज्ञ सन्दिप राईले जानकारी दिएका छन् । मन्त्री नेम्बाङको स्वाब मन्त्री क्वार्टरमा सङ्कलन गरिए पनि अन्य कर्मचारी तथा सचिवालयका सदस्यहरूको स्वाब सङ्कलन मन्त्रालयमा भएको राईले जानकारी दिए । मन्त्रालयका केही उच्च अधिकारीले गत सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । सङ्क्रमित ती अधिकारीको एक निजी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *