सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामकः कांग्रेस महामन्त्री डा कोइराला


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन् । बिपी कोइराला लोकतन्त्र संवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारका भ्रममा नपर्न आग्रह गरे । कार्यक्रममा उनले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसँगै विचार र सिद्धान्तमा समेत घनीभूत छलफल हुनुपर्ने बताए ।

महामन्त्री डा कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नाको विकल्प नभएको धारणा व्यक्त गरे । साथै उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *