- 2Shares
संखुवासभा । संखुवासभामा आज एका बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार आज बिहान ७बजेर २० जांदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार यसअघि बझाङ केन्द्र बनाएर गत भदौ ९ गते ४ दशमलव७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
- 2Shares