नागार्जुन नगरपालिकाका मेयरलाई कोरोना संक्रमण


काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत कोरोना संक्रमित भएका छन् ।

सोही नगरपालिकाको वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीमा पनि संक्रमण पुष्टि भएपछी उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा नगर प्रमुख बस्नेतलाई पनि कोरोना संक्रमण देखिएको हो ।

स्टार हस्पिटलमा पीसीआर परीक्षण गराउँदा नगरप्रमुख बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको नागार्जुन नगरपालिकाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *