काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ हजार १ सय २० संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १३ हजार ४ सय १३ पिसिआर परिक्षण गर्दा काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ गरी उपत्यकामा ४ सय ४५ सहित ३ सय ९४ महिला तथा ८ सय ३४ पुरुष गरी १ हजार २ सय २८ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले जनाएका छन् । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
यस्तै २४ घण्टामा ९ सय १७ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ ।
यस्तै देशभर १८ हजार ४ सय १३ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ४ महिला र २ पुरुष गरी ६ संक्रमितको निधन भएको छ । रुपन्देहीका १/१ जना महिला र पुरुष तथा चितवन, भक्तपुर, र तनहुँका १/१ जना महिला तथा सिन्धुपाल्चोकका १ जना पुरुष गरी ६ संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।
