ढोरपाटनमा भीषण पहिरो २० भन्दाबढी बेपत्ता

बागलुङ । यहाँकाे ढोरपाटन नगरपालिकामा भीषण पहिरो जाँदा दर्जानौं मानिस बेपत्ता भएको आशंका गरिएको छ । ढोरपाटन नगरपालिकाको वडा ८ र ९ बीचमा पर्ने बोबाङको ठाउँ ठाउँमा खसेको पहिरोका कारण कैयन सम्पर्कबिहीन भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले घटनाको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएको छ । उक्त पहिरोमा परेर २० जनाभन्दा बढी हराइरहेको बताइएको छ । ढोरपान शिकार आरक्ष प्रवेशद्वारको रुपमा लिईने देउराली पहाडबाट ठुलो पहिरो खसेर कैयौं गाउँहरुमा क्षती पुरयाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *