काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक बालिका सहित कोरोनाका ११ जना संक्रमितको मृत्यु भएको छ ।
महोत्तरीकी एक ४ बर्षिय बालिका सहित सिराहा, महोत्तरी, बारा, र मकवानपुरका १/१ जना पुरुष तथा काठमाडौँका २ जना पुरुष र पर्साका ३ जना पुरुष गरी ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या २ सय ३९ पुगेको छ ।
