जनकपुर । कोरोना संक्रमणबाट सप्तरीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
सप्तरीको राजविराज नगरपालिका– २ की ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा भेन्टिलेटर र आइसीयुको अभावको कारण ती महिलाको ज्यान गएको बताइएको छ ।
शुक्रबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आकश्मिक कक्षमा भर्ना भएकी उनको सोही दिन स्वाब संकलन गरिएकोमा शनिबार रिपोर्ट पोजेटिभ आएको थियो ।
