काठमाडौँ । ३ जना महिला र ९ जना पुरुष गरी पछिल्लो २४ घण्टामा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुर र काठमाडौँका १/१ जना महिला र १/१ जना पुरुष, पाल्पाका १ जना महिला, पर्सा र ललितपुरका २/२ जना पुरुष तथा सिराहा, गोरखा र कास्कीका १/१ जना पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या २ सय ७ पुगेको छ ।
