भक्तपुरमा एक कोरोना संक्रमित महिलाको निधन, अस्पताल सील

भक्तपुर । भक्तपुरको नागरिक अस्पतालमा उपचारत एक कोरोना संक्रमित महिलाको निधन भएको छ ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएकी स्थानीय ६२ वर्षीया एक महिलाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिए।
महिलाको निधन भएपछि नागरिक कम्युनिटी अस्पताल बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *