डडेल्धुरामा एम्बुलेन्स दुर्घटना ४ घाइते

कञ्चनपुर । डडेल्धुरामा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन्। डडेल्धुराबाट बैतडीतर्फ गइरहेको बा २ झ १७३२ नम्बरको एम्बुलेन्स मंगलबार राति अमरगढी नगरपालिका ७ भालुमारेमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका –६ का चालक भुवन भण्डारी, प्रेमसागर भट्ट,निरज जोशी र डडेल्धुराको अजयमेरु गाउँपालिका –१ की निर्मला विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *