- 13Shares
वीरगञ्ज । वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत बाराका दुई जना पुरुषको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको छ।
नारायणी अस्थायी विशेष कोरोना हेल्थ केयर अस्पतालमा कलैया उप महानगरपालिका र विश्रामपुर गाउँपालिकाका दुई पुरुषको मंगलबार राति उपचारको क्रममा ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १ का ६६ वर्षका पुरुष र बिश्रामपुर गाउँपालिका १ का ४२ वर्षका पुरुष रहेको अस्पतालले जानकारी दिएको छ ।
- 13Shares