पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले शुभकामना दिएका छन् । बिहीबार संयुक्तरुपमा शुभकामना सन्देश जारी गर्दै उनीहरुले सम्पूर्ण नेपाली दिदीबहिनी तथा नगरबासी सबैमा सुख, शान्ति, समृद्धि, आपसी एकता, उद्भाव एवम् सुस्वास्थ्य र दीर्घायूको शुभकामना ब्यक्त गरेका छन् ।
उनीहरुले भने, ‘सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पु¥याउने विश्वास लिएका छौँ ।’
“चाडपर्व हाम्रा संस्कृति र संस्कृति हाम्रो पहिचान भएकाले मौलिक संस्कृति प्रवद्र्धन गर्दै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वहरुको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो” शुभकामना सन्देशमा भनिएको छ, ‘कोरोना भाइरसका कारण असहज परिस्थिति सिर्जना भएको अवस्थामा चाडपर्व मनाउँदा सचेत भई परिवारका सदस्यहरु मात्र सहभागी भएर मनाउन अनुरोध गर्दछौ ।’
तीज पर्वले सबैमा खुशी साटासाट गर्दै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्दै उनीहरुले तीजको हार्दिक शुभकामना ब्यक्त गरेका छन् ।