रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल । रुपन्देहीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।

देवदह नगरपालिका–३ शिशपुरका ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले जानकारी दिए ।

उनका अनुसार ती पुरुषको पीसीआर रिपोर्ट बुधबार मात्रै आएको थियो । केहीदिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गर्न गएका थिए । कलेजले उनलाई घर पठाएपछि उनको देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *