कोरोनाका ७०७ संक्रमित थपिए, २६४ जना डिस्चार्ज्

काठमाडौँ । १ सय ९२ जना महिला तथा ५ सय १५ जना पुरुष गरी पछिल्लो २४ घण्टामा कोरोनाका ७ सय ७ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ११ हजार ८ सय ३२ पिसिआर परीक्षण गर्दा ७ सय ७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै २४ घण्टामा २ सय ६४ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौकी १ महिला, मकवानपुर र सप्तरीका १/१ जना पुरुष तथा पर्साका १ महिला र २ पुरुष गरी ६ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ ।

देशभर ११ हजार ५ सय ५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *