कोरोनाका ६ सय ८१ संक्रमित थपिए, १२० जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाका ६ सय ८१ संक्रमित थपिएका छन । देशभरका प्रयोगशालामा ११ हजार ५ सय २२ जनाकाे पिसिआर परीक्षण गर्दा ६ सय ८१ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

प्रवक्ता डा गौतमका अनुसार सक्रिय सङ्क्रमित ११ हजार १ सय १८ जना रहेका छन् । यस्तै २४ घण्टामा १२० संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७०० पुगेको छ ।

मुलुकभरि क्वारेन्टिनमा अझै १३ हजार ५ सय ७१ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।अहिलेसम्म १२० जना सङ्क्रमणबाट मृत्यु भएका छन् ।

काठमाडाैँमा थपिए १५९ जना

काठमाडौँ उपत्यकामा गएको २४ घन्टामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा. गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा १ सय ५९ जना नयाँ संक्रमित थपिएका हुन् । काठमाडौँ जिल्लामा १ सय ३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार काठमाडौँ उपत्यकामा २०५ जना संक्रमित थपिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *