USAID

अछाममा भीषण बाढी, ७ को मृत्यु, डेढ दर्जन बेपत्ता (नामावली, फाेटासहित)


अछाम । अछाम आएको बाढीले डेढ दर्जन घर बगाउँदा कम्तिमा ७ जनाकाे मृत्यु भएकाे छ भने अन्य कम्तिमा १७ जना बेपत्ता भएका छन् ।

रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामाबाढीमा परेका ७ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र एक पुरुष, दर्नास्थित कैलाश खोलाको किनारमा एक महिला र एक पुरुष, मंगलसेन नगरपालिका– १० जुपुस्थित एक जनाको र मंगलसेन नगरपालिका–३ दयमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको हो।

गए रातिकाे अबिरल वर्षासँगै आएकाे बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।

जनप्रतिनिधि, प्रहरी, स्थानीयकाे टाेली उद्धारका लागि सैनिबजारमा पुगिसकेकाे रामाराेशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदले जानकारी दिए । सदरमुकामबाट घटनास्थल पुग्न पैदलमा सात घण्टा लाग्ने भएकाेले चाडै उद्धार गर्न कठिनाइ भएकाे अछामका प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रसाद उपाध्यायले बताए । हेलिकप्टरमार्फत् उद्धारका लाागि केन्द्रसँग पहल भइरहेकाे पनि उनले बताए ।

कैलाश खाेलाले बगाएर बेपत्तामध्ये १७ जनाकाे पहिचान भएकाे छ ।
१ चन्द्रबहादुर सउद
२ बशुन्धरा साउद
३ नन्द सिं साउद
४ गंगा साउद
५ रुपेस साउद
६ जाेगा साउद
७ नबिन साउद
८ कबिता बुढा साद
९ अमर बहादुर शाह
१० पबित्रा शाह
११ समिर शाह
१२ लालसरा शाहि
१३ बशन्त शाहि
१४ गाैरि शाह
१५ समझना शाह
१६ प्राप्ति साउद
१७ बिमा साउद


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *