USAID

काठमाडाैँ उपत्यकामा भाेलिदेखि निषेधाज्ञा


काठमाडाैँ । काठमाडाैँ उपत्यकाका तीनै जिल्लामा भाेलि बुधबारदेखि निषेधाज्ञा लागू गरिएकाे छ ।​ उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि एक साता लामाे निषेधाज्ञा जारी गर्ने निर्णय गरिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा बसेकाे बैठकबाट काठमाडाैँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सरकारसँग यसबारे सिफारिस गरेका थिए । बुधबार रातिदेखि भदाै १० गतेसम्म निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने बताइएकाे छ । उपत्यकामा चल्दै आएका सार्वजनिक यातायातका साधन पनि बन्द हुनेछन् । 

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवाबाहेकका सवारी सञ्चालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ । मंगलबार मात्रै उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै २ सय ५ संक्रमित भेटिएका थिए ।  


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *