रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । पारिवारिक स्रोतले तीन दिन बाेहाेस अवस्थामा रहेका उनीकाे आफ्नै निवासमा मंगलबार साँझ ५:५५ बजे निधन भएको हो । 

राष्ट्रकवि घिमिरेको निधन भएको उनकी छोरी डा. किरण रेग्मीले पुष्टि गरेकी हुन् । घिमिरेको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिनादेखि अक्सिजन दिएर घरमै उपचार भैरहेको थियो ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेकाे नेपाली साहित्यमा कविता, खण्डकाव्य, गीतिनाटक, कथामा उलेख्य योगदान रहेको छ । उनले नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) जस्ता कृतिको रचना गरेका थिए ।

राष्ट्रकवि घिमिरेलाई विस २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो । उनलाई वि.स.२०७५ मा महाउज्ज्वल पदकबाट सम्मानित गरिएको थियो । त्यस्तै २०५४ सालमा हिमालपारि हिमालवारिका लागि साझा पुरस्कारबाट सम्मानित गरिएको थियो । २०५८ सालमा चारु चर्चा (निबन्ध) का लागि साझा पुरस्कारबाट सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *